काठमाडौं । खोलाभरीका माछा सबै मरेका घटेका बिरलै सुनिन्छन् । जसमध्येको एक हो अष्ट्रेलियाको न्यू साउथ वेल्सको मेनिन्डी सहरको घटना ।

जहाँको एउटा इलाकामा बिहानै उठ्ने बित्तिकै उनीहरुले यस्तो कुरा देखे जसले उनीहरुको मन नै रोयो । उक्त नदीमा लाखौँ माछाहरु मरेको अवस्थामा फेला परेका थिए । डार्लिङ–बाका नदी तातो लहरले प्रभावित भएको र सोही कारण माछा मरेको बिबिसीले जनाएको छ ।

यही खोलामा करिब साडे २ अघि पनि यस्तै घटना घटेर कैयौँ माछा मरेका थिए । जलवायु परिवर्तनका कारण विश्वभर गर्मीको प्रकोप बढेको अनुसन्धानबाट खुलेको छ । हालै पहिले भन्दा पनि ठूलो संख्यामा माछा मरेका कारण अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार