हल्दिबारी, ६ चैत । हल्दिबारी गाउँपालिका १ साविक गोलधाप ७ मा ३ गते भएको आगलागी पिडित निर्मला आचार्यको परिवारलाई विभिन्न संघ संस्थाबाट सहयोग उपलव्ध भएको स्थानियले बताएका छन् ।

आचार्य परिवारलाई तत्काल राहत स्वरुप आगलागिकै भोलीपल्ट हल्दिबारी गाउँपालिका वडा नं. १ ले ओढ्ने ओछ्याउने, खाद्यान्नका सामाग्रीहरु, खाना पकाउने भाडाबर्तन, ग्यास र चुलो, त्रिपाल सहितको सामाग्री वडा अध्यक्ष देवी बहादुर थापा सहितको सम्पुर्ण जनप्रतिनिधिहरुको टोलीले हस्तान्तरण गरेका थिए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा मार्फत दैविक प्रकोप ब्यवस्थापन प्याकेज १० हजार बराबरको राहत सामाग्री उपलव्ध गराएको संस्थाका सचिव हरिकृष्ण अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी कर्णली साकोसले ३० हजार बराबरको खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन उपलव्ध गराएको संस्थाका सचिव भुपाल बस्नेतले जानकारी दिएका छन् । ३ गते साँझ भएको आगलागिबाट आचार्य परिवारको करिब १८ लाख बराबरको धनमालको क्षती भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार