बिहारको मुजफ्फरपुरमा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक युवक तेस्राेलिङ्गीसँग प्रेममा पर्छन् र उनी सँग बाँच्ने र मर्ने वाचा गर्छन्। तर, तेस्राेलिङ्गीले उसलाई म तिमीलाई सन्तान दिन सक्दिन, न त तिम्रो वंश अघि बढाउन सक्छु भनी बुझाउँछ । त्यस पछि पनि युवक उनलाई अपनाउन तयार हुन्छन् । तेस्राेलिङ्गीलाई पनि लाग्छ कि यो युवकले उनलाई साँच्चै माया गर्छ र त्यसपछि दुबै श्रीमान्-श्रीमती जस्तै सँगै बस्न थाल्छन्। सबै ठीकठाक चलिरहेको छ तर एक दिन युवकले त्यो तेस्राेलिङ्गीलाई कुटपिट गर्न थाल्छ र त्यसपछि उसलाई अपनाउन अस्वीकार गर्छ।

मुजफ्फरपुरको बोचाहानका सुन्दरम नामका केटाले मेडिकल कलेज नजिकै बस्ने नन्दनी नामक तेस्राेलिङ्गीसँग विवाह गरे। पीडित तेस्राेलिङ्गी नन्दनीले आफू स्टेज शोमा काम गर्ने र केटा स्टेज शोमा कर्ड बजाउने गर्दथ्याे । शोको क्रममा दुवैले एकअर्कालाई चिनेका थिए । केटाले बिहे गर्न जिद्दी गर्यो । मन्दिरमा बिहे गरेपछि दुवै जना केटाका बाबुआमासँग रामपुर जयपाल गाउँमा बस्न थाले । त्यसपछि दुवै श्रीमान्–श्रीमती जस्तै सँगै बस्न थाले । ६ महिनापछि केटाले कुटपिट गरी घरबाट निकालिदिए र केटाले उनलाई अस्वीकार गरिरहेको छ ।

अहिले उनी चाेकचाेकमा ठक्कर खाइरहेका छन् । आइतबार एसकेएमसीएचको इमेर्जन्सीकक्षामा उपचार गरेपछि उनले बोचाहान प्रहरी चौकीमा केटा विरुद्ध उजुरी दिएका छन् । अब केटा अर्को केटीसँग बिहे गर्न चाहन्छ । यो कुरा बाहिर आएपछि यो खबर चर्चाको विषय बनेको छ । योसँगै त्यहाँका प्रहरी पनि एक्सनमा उत्रीएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार