झापा ,८ चैत । नेकपा बहुमत झापाले मेची नगर ६ मा रहेको सिम्रिक सहकारीमा ताला लगाएको छ । नेकपा बहुमतको केन्द्रिय कार्यक्रम अन्तरगत आज काकरभिट्टा भट्टराई चोकमा रहेको उक्त सहकारीमा तालाबन्दी गरेको झापा संयोजक जितु तामाङले बताए ।

लघुवित्त तथा सहकारीहरुले सर्वसाधारण जनतालाई गरेको आर्थिक शोषण विरुद्धको साङ्केतिक संघर्ष आम जनगुनासोको आधारमा,सिम्रिक सहकारीमा तालाबन्दी गरिएको बहुमतले जनाएको छ । नेकपा बहुमतका केन्द्रिय सदस्य तथा झापा,ईलाम ईन्चार्ज सागर मैनाली र जिल्ला संयोजक जितु तामाङ्गको नेत्रित्वमा गएको टोलीले उक्त सहकारीमा तालाबन्दी गर्दै झापाका त्यस्ता सहकारी तथा लघुवित्तलाई कडा कारवाहि गर्ने घोषणा समेत गरेका छ्न ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार