काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर छन् । उनीहरुले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘सेवाग्राहीको खातामा होल्ड भएको रकम आरोपीहरुले निकालेको देखिन्छ’ एसएसपी आचार्यले भने–‘उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।’
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार