काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व छली रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।बिहीबार सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रुपमा बजार अनुगमन गरेर प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले छलफलको क्रममा राजस्व छली नियन्त्रणसम्बन्धी सबै नीतिगत व्यवस्था गर्न आवद्ध निकायको ध्यानाकर्षण गराएका थिए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री दाहलले भने, ‘नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान पर्छ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व कार्यालय , राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले समन्वयन गर्नुस् । अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार