काठमाडौं, १३ फागनु । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)विरुद्ध सोमबार प्रदर्शन भएको छ ।

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो ।

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार