विराटनगर, १३ चैत । पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने प्रादेशिक सरकारले निर्णय गरेको छ ।

कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार