आज  २०७९ चैत १४ गते मंगलवारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ । विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कममात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार