वाग्मती । वाग्मती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रदान गरिएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा डा नरबिक्रम थापालाई नियुक्त गरेको नवनियुक्त प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी वैशाख १ गतेबाट प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिर लागू गरिने र न्वागी र लदी पर्बको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय बैठकले गरेको मन्त्री श्रेष्ठले जनाउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार