काठमाडौं, १६ चैत । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । उनीहरु पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्ययक्रममा अध्यानरत विद्यार्थीहरु हुन् ।

उनीहरु सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल खेलाडी हुन् । खेलाडीहरुलाई कलेजका कार्याकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य प्रा.डा. फत्तबहादुर केसीले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।

कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरु खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको लगनले विद्यार्थीहरुको पहिलो रोजाइ भएको बताए ।

यस्तै निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उच्च शिक्षा हासिल शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडीले आफूलाई संस्कार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुने बताए । काठमाडौंको मौतिदेवीमा रहेको उक्त कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यावस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार