महोत्तरी, १८ चैत । महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ ।जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो ।

पीडित वालिकाकी आमा सुनिता सिन्दन(नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो । ‘छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान‍्को पो रहेछ,’ सुनिताले भनिन् ।

अहिले पीडित वालिकालाई खयरमारा बजारस्थित आफ्न्तका राखिएको छ । वालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन् ।

कसरी भयो घटना ?

रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगिता जेठी छोरी हुन भने अन्य दुई जना सानै छन् ।आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो ।

विवि इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थिग्यो । श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहिँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन् ।

कुरो कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित वालिका संगिताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखी पर्‍यो ।’मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक-पटक करणी गर्नुभयो ।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन् । काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन् ।

कसरी थाहा भयो गर्भवती भएको ?

महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो ।त्यसै कारण काकाको क्रिया वार्न विविमाया २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यतिन्जेलसम्म श्रीमान‍्ले छोरीलाई त्यसो गर्लान भन्ने उनले सोचेकी पनि थिइनन् ।

समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्ने र खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो ।आमा सुनिताको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यस्लाई टार्दै आइन् ।

असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उन्ले  मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो ।

विविमायाले आफू काकाको क्रिया वार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन् । यता पीडित वालिकाले पनि आमा महोत्तरी आएको बेला पटक-पटक करणी गरेको बताएकी छन् ।

पीडितलाई न्यायको लागी कहाँ पहल गर्ने थाहा नै छैन आफ्नै छोरीमाथि निच हर्कत गर्ने  श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित्त छन् ।

घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझैँ सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन् ।

कम उमेर कि वालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता ब्यक्त गरिन् । घटना निक्कै जघन्य भएकाले वालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडी नपर्ने मानवअधिकार आयोग मधेश प्रदेश कि प्रमुख मन्जु खतिवडाले बताइन् ।

वालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छु : प्रहरी उपरीक्षक मल्ल

बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रकाश मल्लले बताए । वालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले वालिकाको अवस्था बुझिरहेको बताएका छन् ।

बुवालाई मृ त्युदण्ड दिइयोस् : पीडित बालिका

आफूलाई जवर्जस्ती करणी गर्ने वुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित वालिकाले बताएकी छन् । ‘रातभरी पिटेर जवर्जस्ती गर्न लगाउथे उनी मेरा वुवा हुन नै सक्दैनन्,’ बालिकाले भनिन् । आमा काममा गएको वेला पनि भाइवहिनिलाई बाहिर खेल्न पठाएर जवर्जस्ती गर्ने गरेको उनले बताइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार