अर्जुनधारा : राष्ट्रिय स्वतन्त्र पार्टीको अर्जुनधारा नगर संयोजकमा शिक्षासेवी टीआर गौतम चयन हुनु भएको छ । आज अर्जुनधारा ७ स्थित पितृ भवनमा भएको नगर भेलाले गौतमको संयोजकत्वमा ११ सदस्यीय नगर तदर्थ समिति चयन गरेको हो ।

नगर समितिको उपसंयोजकमा खगेन्द्र पौडेल र चन्द्रकला कार्की चयन हुनुभएको छ । समितिको सचिवमा लक्ष्मी खतिवडा र कोषाध्यक्षमा रोमनाथ पाठक चयन भएका छन् ।

यसैगरी, नगर सदस्यमा खेम दाहाल, सकुन दास, रेनुका मैनाली, मणिकुमार भट्टराई, जेबी पुलामी र रमेश नेपाल रहेका छन् ।

सोही भेलाले नगरका ९ वटा वडाको संयोजक पनि तोकेको छ । ११ वटा वडा रहेको नगरमा १ र ४ नम्बरमा संयोजक तोक्न बाँकी रहेको छ ।

तोकिएको २ नम्बर वडाको संयोजकमा दिनानाथ ढकाल, ३ नम्बरमा ओम घिमिरे, ५ मा ओमप्रकाश ओझा, ६ मा सरस्वती खत्री, ७ मा मातृका चापागाईं, ८ मा सीता भारती, ९ मा भक्त गोदार थापा, १० मा कुमार राय र ११ नम्बर वडाको संयोजकमा यमुना पौडेल चयन भएकी हुन् ।

नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा संघीय सांसद सोविता गौतम, पार्टीका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, पार्टी झापाका संयोजक उमेश खरेल लगायतले सम्बोधन गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार