रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रखर वक्ता रमेश प्रसाईले बैसाख १० पछि २२ सांसद सहित संसद छिर्ने बताएका छन । शनिवार झापाकाे गौरादह,भद्रपुर,अर्जुनधारा तथा कचनकवलमा भएका विभिन्न कार्यक्रममा बाेल्दै उक्त कुरा बताएका हुन ।

रास्वपा र सभापति रवि लामिछाने सत्ताकाे लाेभि नभएकाे भन्दै काेहीपनि भ्रममा नपर्न आग्रह गरे । रास्वपाले आफ्नाे एजेण्डा स्थापित गर्न सरकारलाइ समर्थन दिएकाे जनाउदै आफू रहेकाे पार्टी अरु दल जस्तै बन्दै गए सवैभन्दा पहिला रास्वपा आफुले छाड्ने दावी गरे ।

देेशका ठुला पाट्रिहरु एमाले वलि प्रा.लि र काँग्रेस आर्जु राणाकाे अखाडा भएकाे भन्दै स्वर्णिम वाग्ले र रमेश खरेल जस्ताले रास्वपा प्रवेश गर्दा आगामी निर्वाचनमा १६० भन्दा माथि सिट जितेर रास्वपाले एकल सरकार बनाउने दावी समेत गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार