भारतको राजधानी दिल्लीस्थित एक रेल्वे स्टेसनबाट ७ जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष रेस्क्यु अप्रेसनका क्रममा नयाँ दिल्ली रेल्वे स्टेसनबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् । दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताए । उनले नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इन्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको बताए । बालबालिकाहरु घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएका उद्धारकर्मीहरूले बताए । फाइल फाेटाे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार