काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ ।

राहदानी दुरुपयोगसम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्दै मुद्दा चलाउनुपर्ने माग राखेर दायर सिटको पहिलो सुनुवाइ मंगलबार हुन लागेको हो ।

युवराज पौडेल असफलले आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो । र मंगलबारका लागि पेसी तोकिएको हो । मंगलबार सिन्हाको इजलासमा नवौँ नम्बरमा सुनुवाइ हुने भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार