काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछानेमाथि परेका उजुरीमा दाबी नपुगेको ठहरसहित उम्मेदवारी कायमै रहने निर्णय भएको हो ।

युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

यअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार