बिर्तामोड–   बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३ मनकामना टोलस्थित लिंकन मोन्टेश्वरी स्कूलमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ ।

बाल मनोविज्ञानलाई बुझेर त्यही अनुसारको पठनपाठन हुने भएकाले आफ्ना बालबालिकालाई त्यही पढाउने चाहना भएको अभिभवाकहरुले बताएका छन् । कक्षा पीजी , नर्सरी , एलकेजी र युकेजी पढाइ हुने त्यस मोन्टेश्वरीमा हाल ३५ जना विद्यार्थी रहेका छन् ।
अभिभावकहरुको आकर्षण बढ्दै गएपछि यस वर्ष विद्यालयले ६० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने वातावरणलाई आफूहरुले जोड दिएको विद्यालयका संचालक सरोज पौडेल बताउँछन् ।
उनले बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई मात्र बढी जोड नदिई बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइने अवसर र वातावरणप्रति आफूहरु सचेत रहेको बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार