बिर्तामोड ,२४ चैत । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रको आयोजनामा बैशाख २२ गते बिर्तामोडमा योग ध्यान, साधना, आध्यात्मिक ज्ञान प्रवचन हुने भएको छ ।

एकदिवसीय योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान शिविरमा डा. विकासानन्दले प्रवचन दिने आज ( शुक्रबार ) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

मानवलाई चिन्ताको बिकाराल जालोबाट उन्मुक्ति गराएर नयाँ जोश र जाँगरका साथ जीवनशैली परिवर्तन गर्ने उदेश्यले शिविरको आयोजना गरेको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा शिविर आयोजक समितिका सचिव तथा संचार कर्मी बिजय बरालले जानकारी दिएका छ्न ।

पछिल्लो समय तीब्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रकी अध्यक्ष मेयर मगरले पत्रकार सम्मेलनमा जानकारी दिएकी छ्न ।

डोमालाल राजवंशी रंगशालामा आयोजना हुने शिविरमा १० हजार बढीले सहभागीता जनाउने आयोजकले जनाएको छ । झापाका बिभिन्न स्थानीय तह र सामाजसेबीहरुसँग कार्यक्रम सम्पन्न गर्न आर्थिक संकलन भइरहेको सचिब बरालले बताए । सोही कार्यक्रमकाबिच झापाका दुईजना शिक्षासेवी, दुईजना समाजसेबी र दुईजना सञ्चारकर्मीलाई समेत सम्मान गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गर्ने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार