बिर्तामोड,झापा । बिर्तामोड स्थित मनकामना माध्यमिक बिद्यालयका शिक्षक लाई शिक्षण तथा सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।

बिर्तामोड १ स्थित बिद्यालयमा शिक्षण सिकाई उपलब्धि सम्बन्धि एक दिवसिय तालिम प्रदान गरिएको हो । बिर्तामोड ८ गरामनीमा रहेको लालिगुँरास इङ्लिस स्कुल र मनकामनाका २५ जना शिक्षकको सहभागीता रहेको थियो ।नयाँ पाठ्यक्रम अनुसार शिक्षक लाई सिकाई सहजीकरणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक केशब ढुंगानाले जानकारी दिए ।

सिताराम रिमाल र दामोदर ढुंङ्गेलले सहजीकरण गरेको प्रशिक्षणमा नयाँ शैक्षिकसत्र अन्तरगत निर्माण भएको पाठ्यक्रमका आधारमा विद्यार्थीलाई सिकाई उपलब्धिका बिषयमा जानकारी गराईएको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार