बलेवा-मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् । गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भन्नुभयो, “यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केही सहज होला तर बाँदर नियन्त्रणमा काम गर्दिनुप¥यो ।”

पहिलेभन्दा यो पटक बाँदरको सङ्ख्या बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा बाँदरले दुःख दिने गरेको बताउनुभयो । उहाँले बाँदरका कारण घरका खाद्यान्न जोगाउन मुस्किल भएको बताउनुभयो ।

मकै रोप्ने बेला बीउका लागि भौँतारिने सुरेन्द्र केसीलाई यो वर्ष त्यसको चिन्ता भएन । गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो वर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बीउ दियो । बीउ पाएपछि खोज्ने झण्झट त ट¥र्यो तर बाली जोगाउने चुनौतीले उहाँलाई सताउन थालेको छ । बीउको पोका हातमा नराख्दै उहाँले बाँदर सम्झिनुभयो । पोहोर जस्तै यसपटक बाँदरले सताए बाली कसरी जोगाउने ? गाउँपालिकाले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत वडामै पुगेर बीउ बाँडिरहेको छ । बीउ पाएका किसानमा भने उत्साह र निराशा दुवै छ ।

“पहिला मकैको बीउका लागि धेरै ठाउँमा खोजी गर्नुपथ्र्यो”, केसीले भन्नुभयो, “बागलुङ, पोखरा तथा बुटवलबाट व्यापारीलाई बीउ मगाउँदा लगाउनै ढिलो हुन्थ्यो । अहिले बीउ घरै आयो तर मकै कसरी जोगाउने भन्ने चिन्ता छ ।”

यस वर्ष बडिगाडले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्दैछ । वडा नं ४, ५, ६, ९ र १० मा मकै बाली प्रवद्र्धनका लागि २० लाख २० हजार बजेट छ । मकैबाली प्रवद्र्धन कार्यक्रम लागू भएका वडामा कृषक समूह गठन गरेर मकैको बीउ वितरण भइरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताउनुभयो । वडामा मकैको बीउसँगै कोसे तरकारी बालीको बीउसमेत निःशुल्क वितरण गरिएको छ ।

बडिगाड–१ दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको मकैको बीउ किसानलाई वितरण गरिएको वलीले बताउनुभयो । “मकैको बीउ ९० रुपैयाँमा खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो । बीउ पाएका सबै किसानले बाँदरका कारण बाली जोगाउन सकस हुने गरेको सुनाएका थिए ।

गाउँपालिका–१, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बीउ वितरण गरिएको हो । मध्य पहाडमा उपयुक्त हुने मनकामना–३ मकैको बीउ सेतो जातको हुन्छ । खान निकै स्वादिष्ट हुने भएपछि किसानको रोजाइमा यो बीउ परेको वलीले बताउनुभयो ।

बीउ उत्पादनको तयारी

गाउँपालिकाको दगातुन्डाँडा कृषि समूहले अहिलेसम्म मनकामना–३ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ । यो वर्षदेखि देउकी जातको बीउ पनि उत्पादन गर्नेगरी तयारी थालेको छ । समूहका अध्यक्ष भीमसेन वनका अनुसार यो वर्ष समूहले १६ क्विन्टल मकैको बीउ उत्पादन गरेको थियो । बाह्र क्विन्टल बिक्री भएको छ भने चार क्विन्टल स्थानीयले बीउ लगाउन राखेका छन् ।

समूहले यस पटक पाँच क्विन्टल बडिगाड–१० मा ८० किलो, बडिगाड–९ ढोरपाटन–२ मा चार क्विन्टल र निसीखोलामा दुईमा पनि वितरण गरिएको वनले बताउनुभयो । देउती जातको मकै उत्पादनका लागि भने अझै क्लस्टरको टुङ्गो नलागेको उहाँले बताउनुभयो ।

“हामीले सात हेक्टर क्षेत्रफलमा अहिले मनकामनाको बीउ लगाएका हौँ, १२ क्विन्टल मकैको बीउ बिक्रीको लाइसेन्स छ”, वनले भन्नुभयोे, “यो पटक मनकामना–३ को एक सय २० केजी र देउती जातको ८० केजी मूल बीउ खरिद गरिसकेका छौँ । देउतीको बीउ लगाउन पहल गरेका हौँ, केही समस्याले क्लस्टर मिलाउन सकेका छैनाँै ।”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार