मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकीले पत्रकारलाई फरक समाचार लेख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।

मंगलबार प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले सामाजिक सञ्जालको प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा त्यसैको भरमा दृष्टिकाेण बनाउने बेला आएको बताउँदै त्यसलाई चिर्दै अघि बढ्न पनि पत्रकारहरूले अब फरक खालको समाचार सम्प्रेषण गर्नुपर्ने देखिन्छ । साथै उनले समाज बदल्न पत्रकारिताकाे महत्वपूर्ण भूमिका हुने बताउँदै समाजमा सकरात्मक परिवर्तनका लागि पत्रकार लाग्नुपर्ने बताए ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल, मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेती , नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, दि काठमाडौं पाेष्टका सम्पादक एवम् प्रशिक्षक अखिलेश उपाध्याय, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेसल क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निराैला लगायतले बोलेका थिए ।

कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीलगायत जिल्ला तहका सुरक्षा निकाय प्रमुखहरूको आतिथ्य रहेको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जीआर धिताल र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार