काठमाडौँ-एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानून व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उहाँले बताउनुभयो । उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ । उनले अहिलेसम्म रु ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट रु ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ ।

उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ । यस्तै विभिन्न अदालनबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताउनुभयो ।

रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गर्नुभएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार