काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको निलम्बनमा परेको ढाकाकुमार श्रेष्ठ पत्रकार सम्मेलनकै क्रममा दुईथरी कुरा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका उनले सुरुमा आफ्नो अडियो नक्कली भएको बताए । तर, बोल्दै जाँदा उनले जनावरी/फेब्रुअरीमा भएको अडियो कुराकानी अहिले ल्याएर हालिएको भन्दै चिप्लिन पुगे ।

‘यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ । यो प्रति म खेद प्रकट गर्न चाहन्छु’, पत्रकार सम्मेलनमा आफूलाई निर्दोष देखाउने प्रयास गर्दै उनले भने ।

तर, उनले बोल्दैजाँदा चिप्लिएर जनावरी/फेब्रुअरीको अडियो चुनावको मुखमा ल्याइएको भन्दै आफ्नै प्रष्टीकरणलाई खण्डन गर्ने काम गरे । उनले भने, ‘ यो अडियो केही पनि होइन ।  यो फसाइएको हो । सुनियोजित हो । जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो । ’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार