बिर्तामाे, ५ गते मंगलवा ।   नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले भाेलि ६ गते बुधबार बितिय गुण्डाराज विरुद्धको जनसभा तथा पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुकाे जिल्ला सम्मेलन गर्ने भएकाे छ ।
नेकपाले आज ५ गते मंगलवार बिर्तामाेडकाे हाेटल ग्राण्ड प्यासिफिकमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हो । जनसभामा बैंककाे चर्काे व्याजदर,लघुवित्तले जनतामा लादेकाे चर्काे शाेषण,मिटरब्याजी आतंक विरुद्ध संघर्षकाे उद्धघाेस गर्न लागिएको नेकपा झापा जिल्ला ईन्चार्ज प्रशान्त सिले बताए ।
झापा सहित देशमा मौलाएकाे भ्रष्टाचार ,अनियमितता ,कालाेबजारि,ठगी,लागुअौषध,यौन व्यवशाय,सिमा अतिक्रमण,बैदेशिक हस्तक्षेप लगायत देश र जनता विरुद्ध हुने गतिविधि बिरुद्ध जनतालाई एकताबद्ध भई संघर्षमा आउन अपिल समेत गर्ने जनसभाकाे उदेश्य रहेकाे जारीगरेकाे वक्तव्यामा पनि उल्लेख गरिएकाे छ ।
नेकपा आयाेजित जनसभालाई गाेर्खा जेलब्रेककाे कमाण्डर स्थायी समिति सदस्य उमा भुजेल शिलुले सम्बाेधन गर्ने जनाइएको छ । देश र जनताकाे गम्भीरतापुर्वक चिन्ता गर्ने देशभक्त क्रान्तिकारी ,लाेकतन्त्रवादी,राष्ट्रिय उधाेगी,मध्यमवर्गीय, श्रमजीवी बर्गलाई नेकपामा ध्रुवीकरण हुन पनि नेकपाले अपिल गरेकाे छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार