हल्दिवारी , ६ बैशाख । हल्दिवारी गाउँपालिकामा आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिदैछ । स्वास्थ्य शाखा हल्दिवारीका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने छ ।

त्यस्तै १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य शाखाले आग्रहसमेत गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार