वीरगंज,६ बैशाख । उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले रक्त संचार केन्द्रको भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु वीरगंज महानगरपालिकाका नाममा आदेश जारी भएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।

वीरगंज महानगरपालिकाले आफैले विधिवत कार्यपालिका बैठकवाट तथा नगरसभावाट निर्णय गराई रक्त संचार केन्द्र भवन निर्माण गर्न वीरगंज मेनरोड स्थित उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णयलाई बेवास्ता गरी उक्त जग्गा रक्त संचार केन्द्रका लागि नदिने भनि पत्र गरी पार्किगं ठेक्का लगाई सो ब्लडबैंक भवन निर्माणमा अवरोध खडा गरेकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले बुधबार आदेश जारी गरी रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी गरेको हो । उक्त मुद्दामा नेपाल रेडक्रस पर्साका तर्फवाट अधिवक्ता श्री सुधिर कुमार कर्ण र अधिवक्ता श्री शेलेन्द्र कुमार चौरसियाले बहस गर्नु भएको थियो ।

नेपाल रेडक्स सोसाईटी पर्सा जिल्ला शाखा नेपालको प्रथम जिल्ला शाखाको रुपमा २०२१ सालमा स्थापना भई सोसाइटीले मानविय सेवाको रुपमा पर्सा जिल्लामा सर्वप्रथम एम्बुलेन्स सेवा र रक्तसंचार सेवाको शूरुवात स्थापनाकाल देखि नै हाल सम्म गर्दै आएको छ । रक्त संचार सेवाको लागि नारायणी अस्पतालको दक्षिण पूर्वको प्राङ्गण अस्पतालले उपलब्ध गराएको जग्गामा तत्कालिन विरगंज चिनी कारखाना लिमिटेडको आर्थिक सहयोगमा रक्त संचार केन्द्रको भवन निर्माण भई हाल सम्म संचालन हुदै आएकोमा केहि समय पहिला सडक डिभिजन कार्यालयले पृथ्वी राजर्माग दुवै तर्फ २५–२५ मिटर फराकिलो गर्ने उद्देश्यले सो परिधिभित्र पर्ने भवनहरु निश्चित समय भित्र हटाई लिन भनि सुचना जारी गरेको दिन देखि नै विरगंजमा संचालित रक्तसंचार केन्द्र भवन पनि सो दायरा भित्र पर्ने भएकोले यसको लागि बैकल्पिक र उचित ठाँउको खोज तलाश गर्ने क्रममा सो रक्त संचार भवनको लागि तत्कालिन विरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगिज्यूले विरगंज महानगरपालिकाको स्वामित्वमा रहेको विरगंज वडा नं.३ कि.न.२१ र ५६ को जग्गामा रक्त संचार भवन बनाउने गरी २०७७।१०।१३ गते बोर्डको बैठकबाट निर्णय गरी नगर सभाबाट समेत अनुमोदन भएको थियो ।

त्यस्तै मिति २०७८।०३।०३ गते नेपाल रेडक्रस सोसाईटि पर्सासंग सम्झौता समेत गरेको थियो । सो सम्झौतामा भवनको भुईतल्लामा सार्वजनिक पाकिङ्ग समेत राख्ने भनि उल्लेख भएको थियो । त्यस पश्चात सम्झौताकोशतृ अनुसार रेडक्रस पर्साले नक्सा बनाई पास गर्नको लागि विरगंज महानगरपालिकामा निवेदन दिएकोमा सो नक्सा पास भई मिति २०७८।१२।२९ गते भवन ईजाजत पत्र समेत दिएको थियो । साथै सो भवन निर्माणको लागि वि.म.न.पा. का. तत्कालिन नगर प्रमुखज्यूले रु२५,००,०००। अनुदान समेत दिनु भएको थियो । त्यस पश्चात रेडक्रस पर्साले सो जग्गामा भवन बनाउनको लागि ज्याला कन्ट्रेक्टमा निर्माण गर्न भनि टेण्डर समेत गरि सके पश्चात वि.म.न.पा.को नेतृत्व परिवर्तन भयो ।

सोहि क्रममा रेडक्रस पर्साका प्रतिनिधिले नगर प्रमुख राजेशमान सिंहलाई भेट गरी भवन बनाउने कार्यको जानकारी र सहयोग सम्बन्धमा लिखित रुपमै आग्रह गर्दै आएको थियो, तर सो आग्रह पटक पटक गर्दा पनि सो जग्गामा भवन बनाउने कार्यमा बाधा अवरोध गर्दै आई सो जग्गाको बारेमा सबै कुरा थाँहा हुदा हुदैं पनि रेडक्रससंग भएको विगतको सम्झौता विपरित रेडक्रसलाई कुनै जानकारी नै नगराई सो जग्गामा सार्वजनिक पार्किङ्गको ठेक्का लगाएको छ । उच्च अदालत वीरगंजको उल्लेखित आदेशले वीरगंजमा अत्याधुनिक रक्त संचार केन्द्र निर्माण हुने बाटो खुल्ला भएको छ र वीरगंज नगरवासी हर्षित भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार