जलथल । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ९ सदस्यको लागि भएको निर्वाचनमा सर्वसम्मत भएको छ ।

हल्दिवारी गाउँपालिका – ३ ,४ र ५ का जनतालाई शुद्ध खानेपानी खुवाउने उदेश्यले स्थापना भएको खानेपानीको नाममा आजको मिति सम्म जग्गाको स्वामित्व आएको छैन ।
जलथल खानेपानीमा करिब २ हजार सदस्य रहेका छन भने १७ सय बढिले धारा जडान गरि शुद्ध खानेपानी खाइरहेको समितिले जनाएको छ ।

जलथल खानेपानी अन्तरगत करिब ६ करोड लगानी भइ सक्दा समेत दाताले दिएको जग्गा खानेपानीको नाममा आउन नसक्नु र करोडौं लगानी कुन हिसाबले गरियो जवाफ खानेपानी डिभिजन कार्यालय र स्थानीय सरकारले दिनु पर्छ कि पर्दैन ?

खानेपानीको बिधान अनुसार वडा नम्बर ५ बाट भानु प्रसाईं , टिकाराम सुवेदी र कोपिला सिरुवाल निर्वाचन घोषणा गरेका दिननै सर्वसम्मत भएका थिए भने वडा नम्बर ३ बाट सितादेवी बिस्ट पनि सर्वसम्मत भएकी थिइन् ।

वडा नम्बर ४ मा ४ जनामा ९ जनाको उम्मेद्बारी तथा ३ मा १ जनाको लागि २ जनाको उम्मेद्बारी परेपछि आज राजनैतिक भागबन्डा अनुसार एमाले ,काङ्ग्रेस र राप्रपाले सहमति गरेका छ्न ।

निर्वाचन नगरी १ महिना भित्र दाताबाट जग्गा खानेपानीको नाममा ल्याउने सहमति अनुसार पुर्व अध्यक्ष नवराज खरेलले समेत आफ्नो उम्मेद्बारी फिर्ता गरेको बताएका छ्न ।
खानेपानीमा राजनैतिक भागबन्डा अनुसार एमालेबाट केदारप्रसाद उप्रेती ,काङ्ग्रेस बाट कृष्ण प्रसाईं र राप्रपाबाट सावित्रा बारकोटी र जीवन कुमार अधिकारीलाई वडा नम्बर ४ बाट सर्वसम्मत गरिएको छ भने ३ बाट कमल ओलीलाई सर्वसम्मत गरिएको जनाईएको छ ।

बिधान अनुसार निर्वाचित सदस्यहरुबाटै अध्यक्ष लगायत अन्य पदाधिकारी चयन गरिने छ भने २ जना सदस्य , सल्लाहकार समिति र लेखा समिति समेत निर्वाण हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार