देशमा पटक पटक भएका ऐतिहासिक आन्दोलनबाट ब्यबस्था बदल्यौ तर अवस्था बदल्न सकेनौ । आन्दोलनको माध्यमबाट भएका निरकुंशतालाई परास्त गर्यो तर राजनीतिक नेतृत्वबाट आन्दोलनको भावाना र चाहना अनुसार काम गरेको पाउन सकेनौ ।हिजोको राजनीतिक दलबाट प्रगति हुन सकेन भनेर फेरि आज नया दल उत्साहका साथ संसद प्रबेश त गरे तर हिजो र आजमा संसदमा के फरक पायौ ,जुन जोगि आएपनी कानै चिरेको ,उहीँ ढ्याङको मुला भने जस्तै भयो ।किनकी संसदको थलो भनेको सत्ता प्राप्ती मात्र हो भन्ने बुझियो ।नया दल उत्साहका साथ प्रबेश गर्यो आशा पलायो तर आशा निरासामा परिणत भयो ,किन कि सत्तामा रहदा केही गर्न नसक्ने सत्ता बाहिर गएर अरुलाई दोष लगाउने काम मात्र देखियो , दोष लगाउनु अघि आफू सरकारमा हुदा किन गर्न सकिएन यसको समीक्षा नगरी आक्रोश पोखेर जनता झुक्याउने मात्र देखियो । चुनावमा सुशासन र विकास भन्ने तर सत्ता केन्द्रित रहदा जनताका दैनिक जिबिकोपार्जन र पिरमार्काको सवाल देखिएन ? हिजो र आजको ब्यबस्था परिवर्तन पछि संसदमा के फरक पायौ। रिस राग ,कुण्डा र आक्रोश पोख्ने होइन विचार सुशासन , ,समृद्धि ,विकासको योजना सहित जान सक्नु पर्छ ।
सच्चिने भए समय अझै छ ।
नेताले दुईमा एक रोज्नु पर्छ। पार्टी नेतृत्व रोजे पार्टीको बिधान र नीति अवलम्बन गराउन तथा वैचारिक र सांगठनिक मजबुत तर्फ लाग्नु पर्छ।
संसदीय नेतृत्व रोजे देशको समृद्धि र जनताको दैनिकी अवस्था बद्ल्न राज्यको नीतिशास्त्रमा काम गर्नु पर्छ।
नेतृत्व चयन
पार्टी नेतृत्व पार्टी जुन तहका प्रतिनिधि छन उनिहरुको चाहना र भावाना अनुरुप जुन तह हो त्यही तहलाई अधिकार सप्पन्न बनाउदै जानुपर्छ। जसले गर्दा सांगठनिक मजबुत हुँदै त्यही तहको पार्टी अनुशासन समितीको नेतृत्वमा रहन सक्नु पर्छ ।
संसदीय ब्यवस्था
जुन तह स्थानिय भए वडामा वडा भित्र रहेका , गाउँ/ नगरमा भए त्यही भित्रका ,प्रदेशमा भए त्यही प्रदेस क्षेत्रीय समिती भित्र र संघियमा भए त्यही संघीय निर्वाचन क्षेत्र भित्र रहेका प्रत्येक कृयाशिल सदस्यले हालेको मतको प्रथम लाई संसदीय ब्यवस्थामा लैजाने सक्न पर्छ।
तर पार्टी नेतृत्व र संसदीय नेतृत्व फरक ब्यक्ती हुनुपर्छ किनकि पार्टी संग संसदीय नेतृत्व डराउन सकोस , संसदीय नेतृत्व संग पार्टि । यो हुन सके जुन ब्यबस्थामा देखिएका समस्या छन ती समस्या हल हुँदै जनताको अवस्था बदल्न सकिन्छ । अझै आशा छ कि सुधृन सकिन्छ ।आशा छ यी दुई माध्यमलाई पार्टीको नीतिगत सम्मेलन गरि कार्यान्वयन गर्न सके अझै समय छ।
✍ सरोज दाहाल
      हाल : मलेसिया
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार