झापा-झापाको मेचीनगर–१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो ।

समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले यही वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव गरिने बताउनुभयो । महोत्सवमा दनुवारको जातीय परिहन, कला, संस्कृति, वेषभूषा, खाना, गहनाको प्रदर्शनी हुने र दनुवार समुदायका ज्येष्ठ नागरिकको सम्मान गरिने उहाँले बताउनुभयो ।

समितिका मेचीनगर अध्यक्ष मोहन दनुवारले महोत्सवमा जिल्लाभरबाट पाँच सयभन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताउनुभयो । मुलुकका १९ जिल्लामा दनुवार समुदायको बसोबास रहेको छ । सिन्धुली तथा उदयपुरमा सबैभन्दा बढी संख्यामा दनुवार रहेका समितिका केन्द्रीय सल्लाहकार अग्निमाया मेचे दनुवारले बताउनुभयो ।

महोत्सवमा रु तीन लाख ८० हजार खर्च हुने अनुमान गरिएको मेचीनगर अध्यक्ष मोहन दनुवारले बताउनुभयो । मेचीनगरमा मात्र एक हजार दुई सय घर दनुवारको बसोबास छ । नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुले ढिलै भए पनि दनुवार समुदायले आफ्नो पहिचान, कला र संस्कृतिलाई महोत्सवमार्फत प्रस्तुत गर्न लागेकामा खुसी व्यक्त गर्नुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ झापाका पूर्वसचिव अमित खम्बुले आफ्नै भाषा, कला र संस्कृति भएको दनुवार जातिको पहिचान लोप हुँदै गएको अवस्थामा महोत्सवले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार