हल्दिवारी , १४ बैशाख । झापा उद्योग बाणिज्य संघले पत्रकार राजबाबु शंकर तथा संघका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।
झापा उद्योग बाणिज्य संघको आज भद्रपुरमा आयोजित ५४औं साधारणसभा तथा २४ औं अधिवेशनको अवसरमा पत्रकार शंकरलाई सम्मान गरेको हो । पत्रकार शंकर प्रेस क्लब भद्रपुरका अध्यक्ष एवं ४ दशक देखि पत्रकारीतामा सक्रिय रहेका छ्न भने भद्रपुरबाट प्रकाशित साप्ताहिक समाचारका सम्पादक समेत रहेका छ्न ।
५४औं साधारणसभामा पूर्वअध्यक्षहरु महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुंगाना, राजेन्द्र घिमिरे र उमेश डालमियालाई समेत सम्मान गरिएको हो । उहाँहरुलाई प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरजकृष्ण वैद्य, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल लगायतले सम्मान–पत्र हस्तान्तरण गर्दै संमान गर्नु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि वैद्यले महासंघ बैंकको ब्याजदर घटाउन लागिपरेको बताउदै , महासंघको नयाँ नेतृत्व चयन भएसँगै पहिलो एजेण्डा नै ब्यादर घटाउने रहेको जिकिर गर्नु भएको थियोे ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय उमेश डालमिया, नरेन्द्रकुमार खड्का, नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पूर्वअध्यक्ष राजेन्द्र घिमिरे लगायतले मुलुकमा व्याप्त आर्थिक संकट र धरासायी बन्दै गएको उद्योगिक तथा व्यावसायिक क्षेत्रलाई चलायमान बनाउने खालको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष नवराज पनेरु (राजु) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने संघका बरिष्ठ सदस्य अजय साहेवालले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण महासचिव पंकज शर्माले गरेका थिए ।

 

 

 

 

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार