काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ । शनिवार राती भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरिया माथी जीत हासिल गरेको हो ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए । पाँचाै मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे र ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए । तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउदै खेललाई ३–१ को स्थितिमा बनाई दिए ।

पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थीति बनाए भने  ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याई दिए । त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो ।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सिमित रहेको छ । दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार