आज २०८० साल वैशाख १८ गते साेमबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा बाधा हुने दिन छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार