काठमाडौं, २० वैशाख । नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी  ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

सोमबार र मंगलबार दुई दिन चलेको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । साथै यो जितसँगै नेपालले अब पाकिस्तान र भारत रहेको समूह एबाट एसिया कप खेल्ने अवसर पनि प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ। साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषदको यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीहरूलाई फेरि एकपटक हृदयदेखि बधाइ एवं धन्यवाद व्यक्त गर्दछु।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार