इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नेमाउथ माथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । कोनर गल्लाघरको गोलबाट चेल्सीले नवौं मिनेटमा अग्रता बनाएको थियो ।

खेलको २१ औं मिनेटमा माथियास भिनाले गोल गर्दै बर्नेमाउथलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ८२ औं मिनेटमा बेनोइट बाडियाशिलेले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।फ्रान्क लाम्पार्डको नेतृत्वमा चेल्सीले पहिलो जित निकालेको हो ।

जितसँगै चेल्सीले ३४ खेलमा ४२ अंक जोडेको छ ।चेल्सी ११ औं स्थानमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार