हल्दिबारी डटकमका प्रधान सम्पादक नेत्र बिक्रम बिमली ज्युकाे जन्मदिनकाे अबसरमा कवि जाेगेन्द्र राजवंशी द्वार रचित कविता “शुभकामना”
उठाउनु छ , जन्मेको प्यारो भुमी
हल्दिबारीको माटो , चिन्हाउन लाई।
जाती भाषा , धर्मलाई समेटी
यो देशकै आकारमा , फुलाउन लाई।।
गुरुमा जागोस , एकताको भावना,
जन्मदिनको उपलक्ष्यमा , यही नै छ शुभकामना।।
एकता एकतामै , हुन्छ सुन्दरता ,
शिक्षाले ज्योति , फैलाउन लाई।
साहित्य मै , भए राष्ट्रियता
आमाको काखमा , निदाउन लाई।।
गुरुमा जागोस , समानताको भावना,
जन्मदिनको उपलक्ष्यमा , यही नै छ शुभकामना।।
किसान रमाओस् , खेतबारी मा ,
आत्मनिर्भर भई , रमाउन लाई।
दरिद्र दुखीलाई , समानता होस
न्यायले दुख-सुखमा , भुलाउन लाई ।।
आँट र साँहसको , गरेर सामना ,
गुरुभावमा जन्मदिनको , यही नै छ शुभकामना।।
सदभावले उदाओस , जोश जाँगर ,
एकताको माला , बुनाउन लाई।
सबै सँग , हातमालो गरेर
नेपाली भएर , चिन्हाउन लाई।।
हरियाली रहोस , सधै मनको चाहना,
गुरुभावमा जन्मदिनको , यही नै छ शुभकामना ।।
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार