हल्दिवारी । युवा एकता समाज हल्दिबारी २ काे आयाेजनामा प्रथम कृषि तथा सांस्कृतिक महोत्सव २०८० हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्गदेन ज्यूले हल्दिबारी २, स्कुल चाेक पुर्व उद्घाटन गर्नु भएकाे छ ।
नेपालका ख्यातिप्राप्त कलाकारहरू प्रमाेद खरेल, एलिना चाैहान, प्रकाश सपुत, रचना रिमाल, शिव परियार, प्रिति आले, डम्बर नेपाली, लाहुरे, जिभव साथै ज्याेती मगर लगायतले मेलामा आफ्नाे बेजाेड प्रस्तुति प्रस्तुत गर्ने  समाजका अध्यक्ष नरेन्द्र फागोले  जानकारी दिएका छ्न ।
वैशाख २६ गते देखि जेठ १० गते सम्म संचालन हुने मेलामा कृषीका स्टल, खाध्य सामाग्रिका स्टल तथा राेटेपिङ्ग  कोलम्बस , बच्चाका मनोरञ्जनका सामाग्री लगायतका मनाेरञ्जन दिलाउने खेलहरू रहने आयाेजकले जानकारी दिएका छन ।
हल्दिबारी २ मा संचालन हुन गहिरहेकाे मेडीहाेम हस्पिटल र काबेली सिमेन्टकाे प्रायाेजक रहेकाे छ भने मेला हेर्न तथा सास्कृतिक कार्यक्रमकाे मनाेरञ्जन लिन रू.५० देखि २०० सम्म शुल्क निर्धारण गरिएकाे छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
6
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार