हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले २५ जना युवाहरूलाई एडभान्स कम्प्युटर तालिम दिन शुरूवात गरेको वडा अध्यक्ष सन्तकुमार थापाले बताउनुभयो । यही बैशाख १० देखि संचालित उक्त तालीम ६ महिना सम्म संचालन हुने छ।

स्थानीय महेन्द्र माविको कम्प्युटर ल्यावमा तालीमको व्यवस्था मिलाइएको छ भने उनिहरुलाई स्थानीय रोजगारी र दक्ष बनाएर अगाडि बडाउन चालू आर्थिक बर्ष २०७९/०८० को बजेटको ५० हजार र बाकी २०८०/०८१ को बजेट मार्फत काम अगाडि बडाउन लागिएको वडा सचीव जयप्रसाद पोख्रेलले जानकारी दिनु भयो । एसइइ देखि व्याचलर सम्म अध्यक्षरत छोरा छोरी बुहारी तालीममा सहभागी रहेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार