झापा । पहिचान पक्षधर र प्रहरी बीच हिजो झापाको दमकमा झडप भएको र उक्त शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राज्य दमनको विरुद्ध विज्ञप्ति जारी गरेको छ। आज पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंहले प्रेस विज्ञप्ति जारी गर्दै राज्य दमन सह्य नहुने बताएका हुन्,।
प्रदेश न. १ को नामाकंन कोशी राखिए पछि पूर्व क्षेत्र अशान्त बनिरहेको छ । पहिचान पक्षधर जनता निरन्तर प्रदर्शन र संघर्षमा छन् । जसमा लाजेहाङ लिम्बुको सहादत समेत भैसकेको छ । हिजो सांझ दमकमा कोशी प्रदेश नाम खारेजिको माग गर्दै पहिचान पक्षधर जनताले मशाल जुलुस निकालेका थिए । मशाल जुलुसमा राज्य पक्षको तर्फबाट प्रहरिले गोलि चलाउँदै दमन गरेको र जसबाट इलाम चुलाचुलिका गजेन्द्र फागो, बिर्तामोडकी निर्मला क्षेत्री, सुर्य माझी, मात्रीका धिमाल लगायत दर्जन बढि जनताहरु घाइते हुन पुगेका छन्, । उक्त मशाल जुलुसमा राज्य पक्षको घुसपैठ भएको र परिस्थितिलाई भड्काउने प्रयत्न भएको भन्ने विषय समेत बाहिर आएको नेकपाको विज्ञप्तिमा उल्लेख छ। जनताको आवाज माथी राज्य पक्षबाट भएको यो दमनको पार्टी घोर निन्दा र भत्सर्ना गर्दै, जनता माथि हुने जस्तासुकै दमनको प्रतिवाद गर्न पार्टी जनता संगै रहेको उक्त पार्टीका ब्युरो इन्चार्ज सुमनसिंहले बताएका छन्,।
जनताको विरोधको बावजुत कोशी प्रदेश नामाकंन गरिनुका पछाडी पुर्व क्षेत्रलाई अस्थिरता र अराजकताको गम्भीर भड्खालोमा जाक्ने षड्यन्त्र छिपेको तथ्यहरुले स्पष्ट गर्ने र नेपालको संसदवाद जनताको चाहना र इच्छा भन्दा पश्चिमा शक्ती केन्द्रको स्वार्थ अनुकुलका काम गरिरहेको छ विज्ञप्तिमा उल्लेख छ।
देशमा अस्थिरता निम्त्याउने र आफू अनुकुलको प्रायोजित विद्रोह गराउदै कार्यकारी रास्ट्रपति भन्दै नेपाली संस्करणका जेलेन्स्किहरु जन्माउने खेलमा पश्चिमा शक्तिकेन्द्र लागिपरेको तथ्यहरुले संकेत गरिरहेको र यो बेला पुर्व क्षेत्रका जनताको चाहनालाइ लात हान्दै जवरजस्ति रुपमा कोशी प्रदेश नामाकंन गरिनु र परिस्थितिलाइ मुठभेड र अराजकता तर्फ लैजानु कोशी नाम राख्ने दुष्ट संसदवादिहरुको योजनाबद्ध र नियोजित खेल भएको विज्ञप्तिमा बताइएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ,- ” यस्ता प्रकारका सड्यन्त्रहरु प्रति सचेत रहन आम जनसमुदाय लाइ अपिल गर्दछौं । जनतालाई एकताबद्ध गर्न नसक्ने, जनताको पहिचान, संस्कृती र बिशिस्टतालाइ संबोधन गर्न नसक्ने कथित कोशी प्रदेश नाम तुरुन्त खारेज गरियोस । साथै दमन गरेर जनताको चाहना र मागलाई निस्तेज गर्ने समय अब नरहेको कुरा प्रती सचेत गराउदै उपयुक्त नामको निम्ति वातावरण बनाउन प्रदेश संसदलाई खबरदारी गर्दछौं । यो दलाल व्यवस्था रहे सम्म जनताले न्याय र समानता पाउने कुरा किमार्थ सम्भव छैन । यो दमनकारी सत्तालाई खारेज गरेर वैज्ञानिक समाजवादी सत्ता सहित समाजवादी संघियता निर्माणले मात्र सम्पूर्ण निकास दिन सक्ने कुरा अवगत गराउदै आन्दोलनकर्मी जनसमुदायलाई पहिचान र संस्कृतिलाइ शुनिश्चित गर्ने समाजवादी संघियता प्राप्तिको लडाइमा एकताबद्ध हुन अपिल गर्दछौं ।”
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार