बिर्तामाेड । स्थानीय तहले लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयन लाई प्राथमिकता दिनुपर्नेमा झापाको विर्तामोडमा आईतबार आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण नीति सबै पालिकामा निर्माण गरी कार्यान्वयन गर्नुपर्ने , त्यसको सामाजिक परीक्षण गर्न सरोकारवालाले पालिकालाई सुझाएका छन् ।

संवाद समूह झापामा भएको छलफलमा सहभागी महिला नेतृहरुले त्यस्तो वताएका हुँन् । उनीहरुले शिक्षा ,सचेतना ,रोजगारीलाई प्राथमिकता दिन पनि सुझाए । विभिन्न पालिकाका प्रमुख उपप्रमुखले प्रतिकूल अबस्थाका बीच पनि आ.ब. ०८०/८१ म लैङ्गिक उत्तरदायी बजेटलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए । लक्षित समुदायको जीवनमा परिवर्तन ल्याउन आफूहरु लागिपर्ने उनीहरुको भनाई छ ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महत्तरा प्रसाई, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्नो पालिकामा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणको अबस्था सुनिश्चित गर्न अग्रसर हुने वताए । उनीहरुले झापामा सबै पालिकाको लगानीमा साझा सेफ हाउस स्थापनामा जोड दिए ।

छलफलमा सहभागि नेपाल उद्यमशिल महिला संघ अध्यक्ष पार्बता खरेल विमली ,संवाद समूह महिला समूह सदस्य पुष्पा लिम्बु , मेची महाकाली बुहारी संयुक्त आवाज अध्यक्ष सिखा खड्का गणेश , महिला सुरक्षा दवाव समूह झापा अध्यक्ष शारदा रिजाल , महिला मुक्ती अभियान झापा अध्यक्ष राधा सुब्बा , राजवंशी महिला समाज अध्यक्ष सनम राजवंशी , ए वि सी नेपाल झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले विभिन्न सुझाव राखेका थिए । उक्त अवसरमा स्थानीय तहको निर्वाचनबाट निर्बाचित विर्तामोडकी प्रमुख महत्तरा, कनकाईकी उपप्रमुख शर्मा र भद्रपुरकी उपप्रमुख कार्कीलाई संवाद समूह महिला समूहको तर्फबाट बधाई – शुभकामना ज्ञापन तथा सम्मान प्रदान गरिएको थियो । छलफलको सहजीकरण कमला भट्टराई र अधिबक्ता कविता शर्माले गरेकी थिईन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार