पर्सा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने बताउनु भएको छ ।

बिहिबार बिरगंजमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्याङ्कन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालले बताउनु भयो । कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारत बिच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको बताउदै मन्त्री रिजालले कारोबार डिजिटलाइजेशन निक्कै राम्रो उदाहरण रहेको स्पष्ट पार्नु भयो ।

दुई देशबिच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गर्नु भयो । दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले बिश्वास व्यक्त गर्नु भयो ।

सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा द्यँक्क्ष्, सूचना प्रविधि आदि जस्ता प्रमुख क्षेत्रहरूमा आपसी सहयोगलाई गति दिने मन्त्री रिजालको विश्वास छ । मन्त्री रिजालले  नेपालमा व्यापारको प्रक्रियालाई सरलीकरण गर्ने र दुई मुलुकहरूबीच पारस्परिक लाभ र भविष्यमा सहयोग वृद्धि गर्न प्रमुख चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू निकाल्न यो सम्मेलन सफल हुनेछ भन्दै आशा व्यक्त गर्नु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार