काठमाडौं ६ जेठ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने चेतावनी दिएको छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने चेतावनी दिनुभएको हो ।

उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन रहेको बताउनु भयो । उहाँले वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिवद्धता नआएको दाबी गर्नुभयो ।

ओलीले मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाउनु भयो । उहाँले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार