बनियानी , ८ जेठ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ घेराबारीमा दैनिक जसो हात्तीले किसानले लगाएको अन्न बाली नस्ट गर्ने गरेको वडा अध्यक्ष महावीर लिम्बू ( रन्जित) ले बताए ।

जलथल जङ्गलको घेरावारी बन क्षेत्रमा तारबार नहुदा किसानले लगाएको बर्सेनि करोडौं मुल्यको अन्नवाली हात्तीले खाईदिदा किसानको रुवावासीनै चलेको अध्यक्ष लिम्बू बताउछन् ।

जलथल जङ्गललाई हात्ती नियन्त्रण गर्ने भन्दै बिधुतिय तारवार गरेपनी घेरावारीको ५ किलोमीटर क्षेत्रको तारवार मर्मत गर्ने ठेकेदारले तार उठाएपछि किसानको बिचल्लीनै हुन थालेको स्थानीय हात्ती पीडित पदम प्रसाद थपलिया दुखेसो पोख्छ्न ।

उनको समेत ( आइतबार ) गएराती अधियारा सुनिराम टुडुले लगाएको १.१/२ बिगाहाको मकै ४ वटाको समुहमा आएका हात्तीले पुर्ण रूपमा नस्ट गरेको अध्यक्ष लिम्बू बताउँछन् ।

वडा अध्यक्ष लिम्बुका अनुसार प्रत्येक बर्ष माघ महिना दोस्रो हप्ता पछि जलथल जङ्गलबाट हात्तीको समुह घेरावारीको कल्याणगन्ज हुँदै पिन्डलवारीमा गएर बस्ने गरेको र त्यहाँबाट झापा गाउँपालिकाको पन्थापाडा हुँदै बाह्रदशीको क्षेत्रका समेत हात्तीको कारण किसान आतंकित बन्दै गएका छ्न ।

कचनकवल ,बाह्रदसी र झापा मकैको लागि पकेट एरिया भएपनी यस सिजनमा मात्र ५ सय बिगाहा भन्दा बढी खेतमा लगाएको किसानको मकै हात्तीले खाएर नस्ट भएको वडा अध्यक्ष लिम्बु बताउँछन् ।

एसियाकै जैविक विविधता भएको जलथल जङ्गललाई हात्तीको सुरक्षित वासस्थान बनाउदै , चोरी सिकारी र तस्करीबाट जोगाउन स्थानीय सरकार , बन समूह र सरोकारवालाले बेलैमा सोच्ने कि ?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार