हामी नेपाली, नेपालको आयोजना र विगु गाउँपालिकाको सहकार्यमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना मुलक कार्यक्रम र मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम दोलखा जिल्ला विगु गाउँपालिकाको वडा नं ४ लादुक र वडा नं ८ खोपाचागुमा सम्पन्न भयो।

उक्त कार्यक्रममा हामी नेपाली नेपालको अध्यक्ष उमा तामाङ के.सी, महासचिव मनिष चौधरी र कौशिला राईले आफ्नो आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा हामी नेपाली नेपालको कोषाध्यक्ष जुना पछाईको समेत उपस्थिती रहेको थियो।

विगु गाउँपालिका प्रमुख संजिव वलीको सहयोगमा सम्पन्न उक्त दुई दिने अन्तरक्रिया कार्यक्रम जसमा महिलाहरुको क्षमता अभिवृद्धि, महिला सशक्तिकरण सम्बन्धी कार्यक्रममा उल्लेखीय सहभागिता रहेको थियो। विगु गाउँपालिका वडा नं ४ लादुकका वडा अध्यक्ष रामचन्द्र खडका द्वारा कार्यक्रम अति नै सफल भएको तर छोटो समय भएको र महिला सशक्तिकरणको लागी यस्तो कार्यक्रमहरुको आवश्यक्ता रहेको हुंदा पुनः यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि सुझाव प्राप्त भयो ।

यसैगरी वडा नं ८ को खोपाचागुका अध्यक्ष श्री हिरा थामीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई समापन गर्ने क्रममा यस प्रकारको कार्यक्रम यो भन्दा अघि नभएको तथा यस्तो कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिँदै यस प्रकारको कार्यक्रमलाई पुनः निरन्तरता दिनको लागी सुझाव दिनुभएको थियो। त्यसैगरी कार्यक्रममा महिला दिदीबहिनीहरुले उत्सुकताका साथ सहभागी भई कार्यक्रम सम्पन्न गराउन सहयोग गरेकोमा साथै विगु गाउँपालिकाको प्रमुख संजीव वली लगायत सम्पुर्ण कर्मचारीहरुलाई सहकार्यको लागि आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नुभएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार