नयाँ दिल्ली, १२ जेठ । दिल्ली प्रहरीले १७ वर्षअघि भएको अपहरण प्रकरणको समाधान निकालेको छ । दिल्ली प्रहरीका अनुसार १७ वर्षअघि सन् २००६ मा अपहरणमा परेकी ३२ वर्षीया महिला दिल्लीको गोकलपुरीमा फेला परेकी छिन् ।

डीसीपी शाहदरा रोहित मीनाका अनुसार, ‘एउटा गोप्य सूचनाको आधारमा सीमापुरी प्रहरी थानाको टोलीले मे २२ मा १७ वर्षअघि अपहरणमा परेकी बालिका , जो हाल ३२ वर्षीय भएकी छिन, उनलाई फेला पारेको थियो।’ प्रहरीका अनुसार , केटीका आमाबाबुको उजुरीमा सन २००६ मा दिल्लीको गोकुलपुरी पुलिस स्टेशनमा आईपीसीको धारा ३६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर, लामो समयसम्म छानबिन गर्दा पनि उनी फेला परेकी थिइनन् ।

उनले अगाडी भने, ‘२००६ मा बालिकाको अपहरण भएको थियो तर त्यो बेला कस्ले अपहरण गरेको थियो, अझै पनि खुल्न सकेको छैन, हामी थप अनुसन्धानमा नै छौं ।’ उनी अपहरणमा पर्दा बालिका भए पनि आज उनी जवान भईसकेकी छिन् । उनलाई पुरानो कुरा स्मृतिमा ल्याउन भनिएको छ तर उनले अझै पनि त्यो पाटोमा खुलाउन सकेकी छैनन ।

तर, उनी दिपक नामका एक युवासँग अलग बस्न थाले पछि ती बालिकाको बारेमा प्रहरीमा खबर आएको थियो । ‘अनुसन्धानका क्रममा यो खुल्न गयो ती युवतीले घर छाडेर दिपक नामका व्यक्तिसँग चेरदिह, जिल्ला बलिया, युपी गाउँमा बस्दै आएको खबर आयो, यो पनि थप खबर आयो कि केही विवादपछि दीपकलाई लक डाउनमा उनले छाडेकी थिइन्, । र गोकलपुरी क्षेत्रमा छुट्टै भाडाको घरमा बस्न थालेको थिइन, पछि उनलाई प्रहरीले सोधपुछ गर्दा १७ बर्ष अघि अपहरणमा परेको खुल्न पुग्यो ।’

उनले आफु कसरी परिवारवाट अलग भएँ, त्यो अझै पनि उनले स्मरण गर्न सकेकी छैनन । यद्धपी, प्रहरीले उनको १७ बर्ष अघिको अपहरणको घटनालाई सम्झन भनिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

डीसीपी शाहदरा रोहित मीनाका अनुसार शाहदरा जिल्लाबाट २०२३ मा हालसम्म ११६ अपहरण र अपहरण गरिएका बालबालिका र व्यक्तिसहित ३०१ जना बेपत्ता भएका पत्ता लगाएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार