हल्दिबारी, १२ जेठ । हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा AUSTRALIAN AID  र THE LEPROSY MISSION AUSTRALIA को सहकार्यमा कुष्ठरोग घरदैलो खोजपड्ताल सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षतामा सम्पन्न भएको छ ।

हल्दिबारी गाउँपालिको ५ वडामा कार्यरत महिला स्वंसेवीकाहरु स्वास्थ्य चौकीहरुका प्रमुखहरु लाई कुष्ठरोगको अवस्था र खोजपड्ताल कार्यक्रम संयोजक पर्शुराम पोखरेल हरु बाट अन्तरक्रियामा प्रशिक्षण दिएका थिए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार पालिका भित्र आठ जना कुष्ठ राेग देखीएकाेले आइतबार देखी ३ दिन सम्म हल्दिबारी गाउँपालिकाका ५ वटै वडाका घरघरमा पुगेर महिला स्वंसेवीकाहरुले कुष्ठरोग बारे जानकारी गर्दै खोजपड्ताल गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको छ । हल्दिबारी गाउँपालिकाका सवै विद्यालयहरुमा समेत रोष्ठरोग संवन्धि खोजपड्ताल कार्यक्रम हुने निरौलाले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमलाई संवोधन गर्दे गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले कुष्ठरोग, हात्तिपाइले जस्ता रोग निवारण गर्न महिला स्वंसेवीकाहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै आफु पनि प्रचारप्रसारमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

औधषी सेवन गर्दा निको हुने र कसैलाई नसर्ने भएको ले यसका लक्ष्यण देखिना साथ नजिको स्वास्थ्य कार्यालयमा जानकारी दिन तथा रोग नलुकाउन समेत स्वास्थ्य शाखा हल्दिबारीले आह्वान गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार