हल्दिबारी, १२ जेठ । हल्दिबारी गाउँपालिका वडा नं. ५ धनुषा आ.वि.को प्रागणमा आज आजदेखि संचालन भएको प्रथम त्रिवेणी मिनि गोल्डकपको वडा नं. ५ का वडा अध्यक्ष खड्ग प्रसाद लावतीले उत्घाटन गर्नु भएको छ ।

आज १२ गते देखी २० गते सम्म संचालन हुने खेलमा १६ ओटा टिमको सहभागिता रहेको छ भने विजेता, उपविजेताले तिस हजार, विसहजार, ट्रफि, मेडल पाउने आयाेजक त्रिवेणी युथ क्लवले जनाएको छ ।

विभिन्न दाताहरुकै सहयोगमा संचालनमा आजदेखी संचालन भएको उत्घाटन खेल क्यानरी एकडेमीलाई हराउदै बगान एएफसीले ३–१ ले विजय भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
9
+1
2
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार