आज २०८० साल जेठ १५ गते साेमबारको राशीफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचनाात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समय राम्रो रहेकोले माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । धर्ममा मन जानेछ भने यात्राको तय गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भूमि वाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ । धर्ममा मन जानेछ भने छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरूको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ । मन्दिर वा धार्मिक प्रतिष्ठानको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । तरपनि धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । तरपनि धर्म प्रचारमा तपाईँको सहभागीता महत्वपूर्ण रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने छोटो दुरिको धार्मिक यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुश हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ । छोटो दुरिको धार्मिक यात्राको तय गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्‍नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । धर्ममा मन जानेछ भने मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । धर्ममा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ । बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपार्ईँदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार