राजनीति भनेको नीतिहरू मध्ये उच्चनीति भएकोले “राजनीति” भनिएको हो, राजनीति भनेको बिशुद्ध समाजसेवा हो। हाम्रो देश नेपालमा राजनीति गर्ने ठाउँ प्रशस्त हुदाहुदै पनि ठाउँ किन पुगिरहेको छैन।  समाजसेवालाई नै मुख्य आधार बनाएर निर्वाचनमा भागलिने यस क्षेत्रमा मात्र हैन देशैभर सबै पार्टीमा कति नेता छन यो छानबिनको बिषय बनेको छ।
नेपालको जनसंख्या:-
केन्द्रीय तथ्यांक विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,६४,५७८/-  छ । १० वर्षअघि नेपालको जनसंख्या २,६४,९४,५०४/- थियो । गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६,७००७४/- ले बढी हो। १० वर्षमा नेपालको जनसंख्या १०.०८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो।
 जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ ।  १,४२,५३,५५१/-  जना पुरुष (४८.८७%) र  १,४९,११,०२७/- महिला (५१.१३%) देखिएको छ । १० वर्षअघि ०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (१०० जना महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ

निर्वाचित जनप्रतिनिधि संख्या
१) संघिय संसद प्रत्यक्ष तर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० गरि २७५ निर्वाचित हुने ब्यबस्था छ।
२) यसै गरि राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट “आठ” जना गरि सात प्रदेशबाट ५६ जना र तीनजना मनोनीत गरि ५९ सदस्य रहने ब्यबस्था छ,
३) प्रदेशसभामा ५५० जना सदस्यको ब्यबस्था गरिएको छ। जसमध्ये ६० प्रतिशत निर्वाचित बाट अर्थात ( १६५×२=३३० ) जना र समानुपातिक तर्फ बाट २२० जनागरि ५५० जना निर्वाचित हुन्छन।
४) स्थानीय तह संख्या:-
महानगरपालिका ६
उपमहानगरपालिका ११
नगरपालिका २७६
गाउँपालिका ४६० गरि जम्मा  ७५३ स्थानीयतह  छन।

५) ७५३ स्थानीय तहमा ६,७४३ वडा रहेका छन।
स्थानीयतहमा नगरप्रमुख २९३ र उपप्रमुख २९३ गाउँपालिका अध्यक्ष ४६० र उपाध्यक्ष ४६० निर्वाचित गरि १ हजार५ सय ६ निर्वाचित हुन्छन।
वडा अध्यक्षमा ६,७४३
सदस्य तर्फबाट १३,४८६
दलितमहिला बाट अनिवार्य ६,७४३
महिलाबाट अनिवार्य ६,७४३
गाउपालिकामा मनोनीत ९२०
नगरपालिकामा मनोनीत ८७९ गरि स्थानीय तहमा
जम्मा ३७,०२० जना निर्वाचितहुने ब्यबस्था गरिएको छ।
यसरी हेर्दा हाम्रो तीन तहको सरकारमा निर्वाचित, मनोनीत र समानुपातिकबाट गरि जम्मा ३७,९०४/- जना जनप्रतिनिधि निर्वाचित हुने ब्यबस्था गरिएको छ।
नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २,९१,६४,५७८/-रहेकोछ।जनसङ्ख्याको  अनुपातमा निर्वाचित प्रतिनिधिहरू
०•००१२९९६५८८% अर्थात ३७,९०४/- निर्वाचित हुने ब्यबस्था गरिएको हुँदा समेत राजनीति गर्ने ठाउँ पुगि रहेको छैन, यो किन भई रहेको छ, किन मानिसहरू राजनीतिमा मात्र आकर्षण भइरहेका छन ?

हाम्रो देशमा यति ठूलो संख्यामा जनप्रतिनिधिहरू निर्वाचित हुदा रहेछन, उनीहरू सबै समाजसेवाको भावलाई मुख्य आधार बनाएर राजनीतिमा प्रवेश गरेका हुन त ? यी प्रश्नहरूले राजनीति गर्ने राजनीतिज्ञ नेताहरूलाई नै गिज्याइ रहेको लाग्छ । समाजसेवाको भावलाई मात्र मुख्य आधार बनाएर राजनीति गर्ने नेता खोज्ने हो भने  सायदै भन्नु पर्दा भेटिँदैन । सरकारको ढुकुटीबाट सुविधा लिन पल्केका सम्बैधानिक अङ्गका प्रमुखहरू राज्यको ढुकुटी रित्तिए रित्तियोस, जनतालाई दिइने सेवा सुविधामा हैन आफ्नै सेवा सुविधा बढाएर खान पल्केका नेताहरूले यो देशको भविष्य निर्माण हुनै सक्दैन , अमेरिकाको राष्ट्रपति बाराक ओबामाले दुई पटक गरि आठ बर्षे कार्यकाल सकिएपछि होटलमा काम गर्न हुन्छ तर गरिव राष्ट्रका सम्बैधानिक अङ्गका प्रमुख राष्ट्रपति देखि सबैको आवास देखि लिएर सबै खाले सुविधा राज्यले उपलब्ध गराउनु पर्ने कस्तो बिडम्बना हो ? यस तर्फ निर्वाचित सांसदहरूले ध्यान दिनुपर्ने हो वा होइन ?
हाम्रो देशमा यस्ता प्रश्नहरूको चाङ्गै चाङ्ग छन, निर्वाचित सङ्घीय सांसद १६५ , को ६६. ६७ प्रतिशत समानुपातिक बाट निर्वाचित संख्या ११० हुन्छ ।समानुपातिकमा श्रीमती राख्नै पर्ने , झोले पनि राख्नै  पर्ने , गर्ल फ्रेण्ड र व्याई फ्रेण्ड त छुट्नै नहुने गरि राखेको उदाहरणले उदेक लागेर आउछ । त्यसैले हाम्रो देशका नेताका लागि महाभारत कालको उदाहरण प्रस्तुत गर्न उपर्युक्त लाग्यो ।
टेलिभिजन मार्फत हामी धेरैले। “महाभारत कथा” हेरेउ । हस्तिनापुर राज्यको राजा पाण्डव थिए , उनी परिवार सहित वनवास जानुपर्ने भएपछि आफ्नै भाई कौरव लाई  राज्य सञ्चालनको सम्पुर्ण अधिकार दिई वनवास गए । वनवासको समय सकिएर फर्किएपछि राज्य सञ्चालनको अधिकार फिर्ता माग्दा , सत्ताको मलाई खान पल्कि सकेका कौरव हरूले राज्य फिर्ता दिन मानेनन, पाण्डव र कौरव बीचको द्वन्द्व अन्त्यका लागि छिमेकी देशका प्रतिनिधि र समाज बसे कौरव  हस्तिनापुर फिर्ता नगर्ने अडानमा बसे पछि समाजले झगडा  अन्त्य गर्नका लागि पाॅच पाण्डवलाई एक /एक गाउँ दिउ त्यही गाउँको राजा भएर बस्नेछन यी पाॅचभाई भनि समाजले गरेको निर्णय नमान्दाको परिणाम युद्धमा परिणत हुन पुग्यो । आखिरीमा घर्मको जीत भयो भने अधर्म पराजित हुन पुग्यो धिर्तराष्ट्र आँखा नदेख्ने भएकोले उनको संरक्षण गर्न बसेका भीष्म पितामह लाई युद्ध गर्ने कुरा मन परेको थिएन । भीष्म पितामहलाई थाहा थियो , धर्मवीर युधिष्ठिर अर्थात पाण्डव हरूको  विजयी सुनिश्चित थियो तथापि जस्को नुन खायो त्यस्को सोझो गर्नु पर्छ भन्ने मान्यता अनुसार कौरव लाई नै साथ दिएका थिए अन्तत कौरवहरूको हार भयो ।
माहाभारतका पात्र देवब्रत (भीष्म पितामह ) संग इच्छा मरणको शक्ति हुँदा हुँदै पनि युद्धमा केही गर्न सकेनन , कौरवहरू युद्धमा पराजित भएपछि आफ्नाे प्राण त्याग्ने निर्णय गर्दै प्राण त्याग्नु अधि हस्तिनापुर राज्यका लागि यसरी वरदान मागेका थिए ।

उनले आकास तिरहेर्दै आफ्ना दुबै हात फैलाउदै भनेका थिए । हे आकास मेराे देशलाई घाम, पानी, छाया, बर्षाकाे कमि कहिल्यै नहाेस । रुखहरुमा सधै फल लागीरहुन, कमलका फूलले सधै सुगन्ध दिईरहुन, जलासय स्वस्थ र जीवीत रहिरहुन, राजनीतिमा कहिल्यै ग्रहण नलागाेस, भन्दै आफनाे प्राण त्यागेका थिए ।

नेपाल आमाले पनि यस्तै एउटा व्यक्तिको जन्म दिनुपर्ने आवश्यता यतिखेर सर्वत्र महसुस भएकोछ । जाे आफु मृत्यु सैयामा हुदा पनि देश हितको लागी वरदान माग्न सकाेस देशमा उन्नती, प्रगति,  खुशियाली , अमन चैन माग्न सकाेस ।

हाम्रो देशका नेता , उनीहरूका तीन पुश्तेसम्मका साखा सन्तान र आसे पासेका जीवनस्तर दिन दुगना रात चाैगुणाका दरले बडदै जानु , देश गरिवीकाे रेखामुनी जानेक्रम नजिकिनु , सरकारी संघसस्थाहरु डुब्दै जानु , कार्यलयमा कर्यरत कर्मचारीहरु आफ्नाे जिम्मेवारी प्रति ईमान्दार नहुनु , पार्टीकाे झाेले बनि आफ्नो पार्टी र नेताले जति गल्ती गरेपनि विद्रोह नगरि समर्थन मात्र गरिरहनु , देश नबन्नुकाे मुल करण यिनै र यस्ता यस्तै हुन ।

आशा गरौं हामी संग भएको आशाको दियो लाई निभ्न नदिउ, ता कि नेपाल आमाले उनै भीष्म पितामह ( देवब्रत ) ले भने झै गर्न सक्ने निष्ठावान सुयोग्य छोरा वा छोरीको जन्म दिन सकुन , सौभाग्य छ भने मात्र छोरीको जन्म हुन्छ भन्ने भागवत पुराणमा सुन्न पाउछौ, नेपाल आमाले निष्ठावान छोराछोरीको जन्म दिन सक्नुहोस हामी सबैले यही पुकार गरौ। धन्यबाद।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार