हल्दिबारी, १८ जेठ । हल्दिबारी गाउँपालिकालाई सरकारले झापाका १५ पालिका मध्ये सबै भन्दा कम ३१ करोड ३३ लाख बजेट बिनियोजन गरेको छ । हल्दिबारी गाउँपालिका रा.प्र.पा. का केन्द्रिय अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का साम्सद राजेन्द्र प्रसाद लिङ्गदेनको गृह गाउँपालिका पनि हो ।

बजेट मार्फत सरकारले झापाका १५ वटा पालिकालाई आर्थिक वर्ष २०८०–०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका छुट्याइएको छ, दमक नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत हो त्यस्तै दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ मेची नगरपालिका कांग्रेसका महामन्त्रि विश्वप्रकाश शर्माको गृह नगर तथा निर्वाचन क्षेत्र समेत छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै ९५ करोड ८९ लाख र दोस्रोमा मेचीनगरलाई ९१ करोड ५५ लाख बजेट विनियोजन गरेको हो । त्यसै गरि विर्तामोड नगरपालिका ८८ करोड ८३ लाख, शिवसताक्षी नगरपालिका ५५ करोड ८५ लाख, भद्रपुर नगरपालिका ५० करोड ९४ लाख, गौरादह नगरपालिका ५० करोड ९२ लाख, अर्जुनधारा नगरपालिका ४७ करोड १६ लाख र कनकाई नगरपालिकालाई ३८ करोड १८ लमअ बजेट विनियोजन गरेको छ ।

त्यस्तै कमल गाउँपालिका ४६ करोड ३६ लाख, कचनकबल गाउँपालिका ४० करोड २५ लाख, बुद्धशान्ति गाउँपालिका ३८ करोड तीन लाख, झापा गाउँपालिका ३५ करोड ३७ लाख, गौरीगञ्ज गाउँपालिका ३४ करोड २७ लाख, बाह्रदशी गाउँपालिका ३४ करोड नौ लाख र हल्दिबारी गाउँपालिका ३१ करोड ३३ लाख रकम विनियोजन गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
6
+1
2
+1
0
+1
2
+1
2
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार